राष्ट्रपति भण्डारीद्वारा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : १२
राष्ट्रपति  भण्डारीद्वारा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्यअवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेकी हुन्।

राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरे।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस