बाढी पहिरोपीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : ०७
बाढी पहिरोपीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं  । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढी पहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् । 

उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढी पहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बास स्थान र राहतको व्यवस्था गर्न माग गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए । 

आफ्नो जिल्लामा गएको बाढी पहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विना कुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन् ।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विना कुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

प्रतिक्रिया दिनुहोस