नेशनल माइक्रो फाइनान्स लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : ०२
नेशनल माइक्रो फाइनान्स लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं  । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समय अपराह्न ५ बजेसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । 

लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले एनआइबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

 

प्रतिक्रिया दिनुहोस