लोसपा संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : ४४
लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।

संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरुसँग तालमेलको विषयमा पनि छलफल हुने उनले बताए । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको छ ।

तर कुन दलसँग गर्ने विषयमा टुंगो लागेको छैन । आज बस्ने संसदीय दलको बैठकले त्यस विषयमा छलफल हुने भएको छ । साथै बैठकले सरकारको विषयमा पनि छलफल गर्ने बताइएको छ । आज संसदीय दलको बैठक सकिएपछि सोमबार केन्द्रीय कार्यकारिणीको बैठक बस्नेछ ।
 

प्रतिक्रिया दिनुहोस