ट्रक पल्टिँदा चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : १८
ट्रक पल्टिँदा चालकको मृत्यु

काठमाडौं  । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्किँदै गरेको लु १ ख १८६६ नम्बरकाे ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियाे।

 

प्रतिक्रिया दिनुहोस