गाँजासहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : १३
गाँजासहित दुई जना पक्राउ

काठमाडौं  । प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका- ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाए लगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश-३-०३-००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका-१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बाले बोकेको झोला खानतलाशी गर्दा दुई किलो गाँजा बरामद भएको  हो।

लागुऔषध फेला परेपश्चात उनीहरू सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रतिक्रिया दिनुहोस