बार्सिलोनाका नयाँ खेलाडी दर्ता गर्न ला लिगाको अस्वीकार

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १० : ५५
बार्सिलोनाका नयाँ खेलाडी दर्ता गर्न ला लिगाको अस्वीकार

काठमाडौं  । स्पेनिस ला लिगाले बार्सिलोनामा यही सिजन अनुबन्ध भएका नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको छ । ला लिगाले बार्सिलोनामा आबद्ध पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो ।

फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले पाँच खेलाडी दर्ता गर्न असफल भएको हो । गम्भीर आर्थिक समस्याका बाबजुत बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन अनुबन्ध गरेको थियो ।

आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस