जय श्री फुड्स प्रा.लिको आयोजनामा रत्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, २० : ४०
जय श्री फुड्स प्रा.लिको आयोजनामा रत्तदान कार्यक्रम सम्पन्न

चितवन । रक्तदान नै जीवनदान भन्ने मुल मन्त्रका साथ जय श्री फुड्स प्रा.लि.ले रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा बिरामीहरुले सास्ती खेपिरहनुपरेको बाद्य्यात्मक स्थिति अनत्य गर्न जय श्री फुड्स प्रा.लि.ले रत्तदान कार्यक्रम आयोजना गरेको जय श्री फुड्स प्रा.लि,गैडाकोटका अध्यक्ष पवन कुमार अग्रवालले बताए ।


शनिबार बिहाना ७ बजे देखि १ बजे सम्म कार्यलय परिसरमा भएको रत्तदान कार्यक्रममा १०१ जनाले रत्तदान गरेका छन् । कार्यक्रममा ८८ जना पुरुष र १३ जना महिलाले रत्तदान गरेको जय श्री फुड्स प्रा।लि,गैडाकोटका निर्देशक अमित अग्रवालले बताए। कार्यक्रममा जय श्री फुड्स प्रा.लि.गैडाकोटका अध्यक्ष पवन कुमार अग्रवाल निर्देशक सुमन अग्रवालले उद्योगले गरेका सामाजिक सेवाका कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

रत्तदान कार्यक्रममा गैडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले ११२ पटक रत्तदान गरिसकेका रत्तदाता खुमनाथ पौडेललाई रत्तब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरेका हुन ।

जयश्री च्यारिटी नेपाल नामक संस्था स्थापना गरि देशका बिभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा जय श्री फुड्स प्रा.लिले काम गरेको छ । त्यस्तै त्यही संस्था मार्फत मठमन्दिरहरु समेत निर्माण गर्ने गरिएको छ । गैडाकोट ९ थुम्सीमा पनि बिशाल हनुमान मन्दिर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस