बुल्गेरियामा बस दुर्घटना हुँदा चारको मृत्यु, आठ जना घाइते

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, २० : ३१
बुल्गेरियामा बस दुर्घटना हुँदा चारको मृत्यु, आठ जना घाइते

सोफिया । बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो ।

रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए । उक्त दुर्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस