३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : ४२
३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौँ  । नेकपासँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरूमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।

उनीहरूले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस