फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटको सामना गर्दै पिएसजी

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : १७
फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटको सामना गर्दै पिएसजी

काठमाडौँ  । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लेरमोन्ट फुटसँगको खेलबाट फ्रेन्च लिग वानको सुरुवात गर्दैछ ।खेल आज क्लेरमोन्टको घरेलु मैदान स्टेड ग्राबियल मोन्टपाइडमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

उपाधि रक्षाको अभियानमा रहेको पिएसजी घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ ।क्लेरमोन्ट पनि घरेलु मैदानको फाइदा उठाउँदै पिएसजीलाई स्तब्ध पार्ने प्रयासमा छ ।लिग वानमा गत वर्ष भएको दुवै भेटमा पिएसजी विजयी भएको थियो । उसले ५–० र ६–० ले जित निकोले हो ।

त्यस्तै, लिगअन्तर्गत आजै हुने खेलमा स्ट्रासबर्गले घरेलु मैदान स्टेड डि ला माइनेउमा मोनाकोको सामाना गर्ने छ । यो खेल राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस