कुलोमा डुबेर एक बालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १६ : ०७
कुलोमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ  ।  कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार दिनेश शनिबार १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए।

नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्‍याइएको थियो। डिएसपी शाहीका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया दिनुहोस