नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १५ : १६
नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौँ  । भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबारनै सार्वजनिक गरिने बताइएको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस