मेलान्ज फेसन स्टोरको नयाँ अफर

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १५ : १३
मेलान्ज फेसन स्टोरको  नयाँ अफर

काठमाडौं । मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सिमित अवधीका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यास व्याकको अफर लिएर आएको हो । यो योजनामा ग्राहकले दश हजार वा सो भन्दा माथिको खरिद गर्दा दश हजार क्यास व्याक पाउन सकिनेछ । पाँच हजारको खरिदमा २५०० र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको छ । 

यो योजनामा केही सर्तहरु रहेका छन् । जसअनुसार ग्राहकले समान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजानइको समान धेरै सख्यामा खरिद गर्न भने मिल्ने छैन । 

२०१७ को जनवरीबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ । शाखा आउटलेटहरु काठमाडौंकै गल्फुटार र पेप्सिकोलामा रहेको छ । साथै इटहरी, नेपालगंज र धनगडीमा पनि रहेका रहेको छ ।

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ । हरेक आउटलेटमा एकै खाले समान र सुपत मूल्य तथा मोल मोलाई गर्नु नपर्ने मेलान्जको विषेशता रहेको छ ।

प्रतिक्रिया दिनुहोस