एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १३ : ०४
एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

काठमाडौं । एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् । नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भारतीय क्लब गोकुल केरेलाबाट एएफसीमा आवद्ध भएकी हुन् । 

सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यावसायिक फुटबल खेल्ने भएकी हुन् ।

सावित्राको १६ गोलको सहयोगमा गोकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । सावित्राले प्ले अफमा ३ गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस