गरगहना चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १२ : १७
गरगहना चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ  । सुनसरीमा १० लाख रुपैयाँ बढीको गरगहना चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलेर्समा शुक्रबार १ बजे राति गरगहनाको पसलबाट सुनचाँदी चोरी गरेका अनिल बराइली पक्राउ परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

२६ वर्षीय बराइलीले एक तल्ले पक्की घरमा रहेको ज्वेलर्सको काठको ढोका फुटाएर गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

स्थानीय लक्ष्मण विकको ज्वलेर्समा रहेको लकर फुटाएर फरार रहेका बराईलीलाई शुक्रबार दिउँसो करिब २ बजे नै प्रहरीले पक्राउ गरेको थियो।प्रहरीले इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले घटनाका अनुसन्धान गरी बराइलीलाई घरबाटै पक्राउ गरेको हो।

बराइलीको घर खानतलासी गर्दा कालो झोलामा लुकाई राखेको अवस्थामा ६ तोला ८३ लाल सुनका गहना, २ सय ९७ तोला चाँदीका गहना बरामद भएको थियो।प्रहरीका अनुसार बरामद गरिएका गहनाको बजार मूल्य १० लाख ४० हजार ५ सय ९० रुपैयाँ रहेको छ। प्रहरीले यससम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस