एजेन्सी । दक्षिण अफ्रिकाले दुई टि २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ ।
योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।
आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २११ रनको योगफल बनायो ।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे । अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ साउन २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ए आयरल्यान्डसँग पराजित
नेपाल र आयरल्यान्ड बिचको दोस्रो खेल आज
आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टिमको घोषणा