भरतपुर–७ द्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण

विहीबार, २४ जेठ २०७५, १९ : ०५
भरतपुर–७ द्वारा विपन्न परिवारका विद्यार्थीलाई  शैक्षीक सामाग्री वितरण

चितवन । भरतपुर हानगरपालिका वडा नंम्बर ७ ले विपन्न परिवारका विद्यार्थीलाई लक्षीत गरी शैक्षीक सामाग्री वितरण गरेको छ । वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडा भित्र रहेका १ सय ३० जना विद्यार्थीलाई शेीषक सामाग्री वितरण गरिएको हो ।

प्रति विद्यार्थी एक झोला, कपी र कलम वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिर्थी भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले निःशुल्क रुपमा शैक्षिक सामाग्रीहरु पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका बालबालिकाहरुलाई पढाईमा प्रोत्साहन मिल्ने बताउनु भयो । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनु भयो ।

शिक्षाको उज्यालो ज्योतीवाट कोही पनि बञ्चित हुन नपरोस भनेर नेपाल सरकारले नै निर्धारण गरेको विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको वडा नम्बर सातका वडा अध्यष एवंम कार्यक्रमका सभापति राजेन्द्रमणी काफ्लले बताउनु भयो । पारदशीृ ढंगवाट गरिएको भन्दै अध्यक्ष काफ्लले जुन विद्यार्थीहरुलाई साँच्चैनै सहयोगको जरुरी छ त्यसको पहिचान गरी उनीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु प्रदान गरिएको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्यहरु सरिता कुमारी सुवेदी पाठक, रिता दर्जी परियार राजेन्द्र बहादुर तामाड त्यसैगरी नेपाल कम्युनिष्ट पाटीका पाटी प्रतिनीधि वेदप्रसाद वजगाई, नेपाली काग्रेसका काशीराम अधिकारी, राप्रपाका रामचन्द्र वस्ती,नयाशक्ति पाटीका दिलबहादुर क्षेत्री लगाएतले बोल्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस