सप्तकोशी नदीमा पानीको बहाव ५ लाख क्यूसेक क्रस

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १३ : ०८
सप्तकोशी नदीमा पानीको बहाव ५ लाख क्यूसेक क्रस

राजविराज । लगातारको बर्षाका कारण शनिबार मध्यान्ह १२ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ५ लाख क्रस गरेको छ ।

पानीको बहाव ५ लाख ७ हजार ६९० क्यूसेक बहाव भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाव लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

भारतको बिहार राज्यअन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाव ६ लाख ८१ हजार क्यूसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस