काठमाडौँ । सुन तस्कर काण्डको रहस्यमय तथ्यहरु एक पछि अर्को गर्दै बाहिरा आईरहेको छ । ३३ किलो सुनकाण्डका मुख्य सेटिङ मिलाउने काम गर्ने गरेका ‘गोरे’ का विश्वासपात्र राम तिवारी मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेपछि ‘गोरे’ भारतको कलकत्ताबाट राम तिवारीसगँ भएको टेलिफोन बाहिरिएको छ ।
सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ ले मामा भन्ने गरेको भएपनि छाडा र अपशब्द प्रयोग गरेर राम तिवारीसगँ संवाद गरिएको सुन्न सकिन्छ । गोरेकै भनाईमा न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने तिवारीलाई ‘गोरे’ ले कलकत्ताबाट फोन गरेका छन् । तिवारीलाई थर्काउँदै गोरेले भनेका छन्, ‘दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु ।’
उनीहरुको बीचमा भुजुङ गुरुङ र उनको सालो छिरिङले फोन नउठाएको बारेमा कुराकानी हुन्छ । सुन तस्करीको नाफा जग्गामा लगानी गर्दै आएका ‘गोरे’ को जग्गाको कारोबार तिवारीले सम्हाल्दै आएको टेलिफोन संवादबाट प्रष्ट हुन्छ ।
संवादका क्रममा तिवारी र गोरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) विकासराज खनालको पनि प्रसङ्ग निकालेका छन् । तिवारीले विकास काठमाडौं आएका छन्, उसँग सल्लाह गर्छु भन्दा गोरेले अहिले मेरो कुरा नगर विकास मामालाई अप्ठ्यारो हुन्छ भन्दै रोकेका छन् ।
यस्तो छ, चुणामणि उप्रेती ‘गोरे’ र ‘तिवारी’ बीचको अडियो फोन संवाद
प्रतिक्रिया दिनुहोस