कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ०७ : ४०
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै राति देशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस