बन्द उद्योग सञ्चालन हुन्छन् : मन्त्री बडु

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १९ : ५१
बन्द उद्योग सञ्चालन हुन्छन् : मन्त्री बडु

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बन्द भएका उद्योग सञ्चालन गरिने बताएका छन । बुधबार बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न हेटौंडा पुग्नुभएका मन्त्री बडुले विभिन्न कारणले वर्षौदेखि बन्द भएका उद्योगहरु सरकारले सञ्चालन ल्याउने बताए ।

उनले राज्यको स्वामित्व रहेको विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडाको कपडा उद्योगसहित रुग्न अवस्थामा रहेका अन्य उद्योगहरु सरकारले चाडैं सञ्चालनमा ल्याउने तयारी रहेको बताए । उनले राज्य र नीजि साझेदारीमा भएपनि सञ्चालन गरिने बताए।

उद्योगीलाई सहज पुग्ने गरि नीति निर्माण गरेर ३० वर्षे लिज भाडा समयलाई बढाएर ५० वर्ष पु¥याउन सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस