काठमाडौं । दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी अल्भेसले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन् । ३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासंग पुनः जोडिएका थिए । पाँच वर्षपछी उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका हुन् ।
बार्सिलोनाबाट ४०८ खेल खेलेका अल्भेसले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए । अल्भेसले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधी जित्न सकेको छैन । अन्तिम सिजनमात्रै क्लब ११औं स्थानमा थियो ।
आठ वर्ष बार्सिलोना रहदा अल्भेसले छ ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधी उचालेका छन् । उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन् । यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहन अल्भेस चाहन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
दोस्रो खेलमा लयमा देखियो ब्राजिल