काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् ।शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले देशहितमा आँच पुर्याउने काम रातारात भएको स्मरण गरे ।
‘देश हितमा आँच पुर्याउने काम रातारात हतारमा गर्ने (जस्तैः महाकाली सन्धि, एमसीसी सम्झौता अनुमोदन र नागरिकता सम्बन्धी विधेयक पारित) नेपालका शीर्ष भनिने नेताहरूको कारण नेपाल राज्य अत्यन्तै कमजोर हुँदै गइरहेको तथ्य सबै नेपालीले बुझौं,’ उनले लेखेका छन् ।
निहित सत्ता स्वार्थ पूर्ति गर्न बाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याइएको रावलले बताए । ‘जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने । यस्तो कार्य निन्दनीय छ,’ उनले भने ।नागरिकता पाउने प्रावधान खुकुलो पारेर विधेयक पारित गरिएकोप्रति आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १३ : ३६
लेखकबाट थप