राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १४ : १२
राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएको छ ।

जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’

उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् । ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’

आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ

प्रतिक्रिया दिनुहोस