काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै गृह मन्त्री बालकुष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित
प्रतिनिधि सभा बैठक सुरु
सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ : सांसद गौतम
प्रतिनिधि सभा बैठक स्थगित
संख्याको दम्भ नदेखाउन सरकारलाई रास्वपाको चेतावनी