काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कारबाही हुनुपर्ने बताएका छन्। एमालेको अर्थ विभागका सदस्य एम अधिकारीबारे सांसद्हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै बस्नेतले देउवा र प्रचण्डमाथि कारबाही हुनुपर्ने बताएका हुन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र? भन्दै प्रश्न गरे।
पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई 'जी शर्मा' भनेर सम्बोधन गरेका बस्नेतले शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए। बजेटमा रातारात सेटिङ गर्ने, भन्सारको दररेट फरक पार्ने, सीसीटीभीका प्रमाण नष्ट पार्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढ गर्ने जी शर्माको समेत खोजी गरेर कारबाही हुनुपर्ने बस्नेतको भनाइ थियो।
पेट्रोलियम पदार्थको भाउ, कालो बजारी, महंगीलाई प्रत्सोहन गर्ने डी बडूलाई समेत कारबाही गरिनुपर्ने बस्नेतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १४ : ३७
लेखकबाट थप