एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले एभर्टनसँग अंक बाँड्न बाध्य भएको छ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलसँग २–२ को बराबरी गर्दै एभर्टनले अंक खोस्न सफल भएको हो।
पहिलो हाफको ११ औँ मिनेटमा नै बेटोको गोलमा एर्भटनले सुरुवाती अग्रता बनाएको थियो। तर १६ औँ मिनेटमा एलेसिस म्यक एलिस्टरको गोलमा लिभरपुल बराबरीमा आएको थियो।
पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले समान एक् गोल फर्काए। खेलको ७३ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेललाई २–१ को अवस्थामा पुर्याएको थियो।
तर इन्ज्युरी समयमा जेम्स टारकोस्कीले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। खेलको अन्तिम मिनेटमा खेल केही तनावग्रस्त हुँदा दुबै टोलीका खेलाडीले समान एक रातो कार्ड पाए। १० खेलाडीमा सिमित बन्न पुगे।
बराबरीका बावजुद शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता कायम राखेको छ। २४ खेलबाट १७ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलका पराजित लिभरपुल ५७ अंकमा शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५० अंक छ।
लिभरपुलसँग अंक खोसेको एभर्टन भने २७ अंकमा तालिकाको पन्द्रौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इङ्लिस प्रिमियर लिग: लिभरपुलको फराकिलो अग्रता
इङ्लिस प्रिमियर लिग: आर्सनल अंक तालिकाको दोस्रो स्थानमा
इङ्लिस प्रिमियर लिग: टोटनहम र लेस्टर सिटीले अंक बाँडे