काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७/०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आबमा चुक्ता पुँजी बढेको छैन । जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आबमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ ।
यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नुहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो ।
अघिल्लो आमा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो । गत आबमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १.४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।
तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आबमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आबमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेकेा छ ।
गत आबमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ ।
बैंकको सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेकेा छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ ।
११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ ।
असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.८४ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुगेको छ ।
निष्कृय कर्जा ०.५ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय उद्घाटन
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै