काठमाडौं। एनआईसी एशिया बैंकको सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका ४ छपियाको पब्लिक सेकेण्डरी स्कूलमा बनेको पुस्तकालय उद्घाटन गरिएको छ ।
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले निर्मित भवन विद्यालयलाई हस्तान्तरण गरी पुस १२ गते उद्घाटन गरिएको हो ।
विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रियता बैंकको सहयोगमा भवन निर्माण भएको थियो ।
उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एशिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलकसुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै २७०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू उक्त पुस्तकालयबाट प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । बैंकले पुस्तकालय भवन निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै
कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट