काठमाडौं। एनआईसी एशिया बैंकले सिराहाको भगवानपुर गाउँपालिका–१ मा रहेको बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा निर्माण गरेका भवनहरूमध्ये बाला सुन्दरी माविमा पुस्तकालय स्थापना गरेर उद्घाटन समेत गरिएको छ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तकालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
पुस्तकालय उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव, बैंकका तर्फबाट मधेश प्रदेशका प्रमुख शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिको उपस्थिति थियो । पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा रहेको मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका–२ मा रहेको आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा रहेको गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भइसकेका छन् ।
त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ मा रहेको पब्लिक सेकेन्डरी स्कुल र बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण गरेर पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकिएको बैंकले जनाएको छ ।
बैंकले यी पुस्तकालय भवन निर्माणका लागि भनेर २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बताए ।
यी पुस्तकालय भवन निर्माणपछि सम्बन्धित विद्यालयमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय उद्घाटन
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै
कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट