खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १५ : १७
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौँ। एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।​​खाताबाट गरिएको करकट्टीको विवरण अद्यावधिक गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको बैंकले जनाएको छ ।​

बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान नम्बर अद्यावधिक गर्न सकिने छ ।

 

 

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस