नदी र चुरे दोहनले तराई-मधेसको जीवन संकटग्रस्त : गिरिराजमणि पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १७ : २१
नदी र चुरे दोहनले तराई-मधेसको जीवन संकटग्रस्त : गिरिराजमणि पोखरेल

काठमाडाैँ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन् ।महोत्तरीका संघीय सांसदसमेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेसको जीवन संकटग्रस्त बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गरे ।

चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनको भनाइ छ । संसदमा ध्यानाकर्षण गराउँदै नेता पोखरेलले भने, ‘नदीनाला उत्खनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहँदैन । मधेसमा पिउने पानी पाइँदैन । ठूला हिमताल फुट्न सक्छन् ।’

चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।नेता पोखरेलले क्रसरमाफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा संग्लन गिरोहको भित्री रुप उजागार भएको बताए । 

क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए । महोत्तरीमा मात्र अहिले ३० भन्दा बढी क्रसर उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस