विश्व वातावरण दिवस

देशभर यसरी मनाईयो विश्व वातावरण दिवस (फोटोफिचर)

मंगलबार, २२ जेठ २०७५, १५ : ००
देशभर यसरी मनाईयो विश्व वातावरण  दिवस (फोटोफिचर)

चितवन । विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस हो । ५ जुन १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

‍‍वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरणीय दिवसका अवसरमा नेपालमा पनि विभन्न कार्यक्रम गरि मनाईएको छ ।

हेर्नुहोस् तस्विरमा :

प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा लिचि र एवोगार्डाेको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गर्दै ।

विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुँदै उपप्रधानमन्त्री र्इश्वर पोख्रेल ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियान समारोहलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसका अवसरमा मंगलबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना सार्वजनिक गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसका अवसरमा मंगलबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै ।

विश्व वातावरण दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

विश्व वातावरण दिवसका अवसरमा मंगलबार ललितपुरमा प्रभातफेरिमा सहभागी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत ।

विश्व वातावरण दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित प्रभातफेरिमा सहभागी विद्यार्थी ।

विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ’ भन्ने नाराका साथ मंगलबार प्रभातफेरिमा साइकल यात्रा गर्दै प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुलीलगायत ।

विश्व वातावरण दिवसको सन्दर्भमा मंगलबार झापाको अर्जुनधारा–४ रातेखालमा रहेको सूर्योदय अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीले वृक्षारोपण गर्दै ।

तस्विर : रासस

 

प्रतिक्रिया दिनुहोस