एमाले पार्टी कार्यालय डुब्यो

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १० : ३५
एमाले पार्टी कार्यालय डुब्यो

काठमाडौ । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय फेरि डुबानमा परेको छ । 

मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो । 

काठमाडौं उपत्यकामा ठूलो पानी पर्नेबित्तिकै सधैं एमाले पार्टी कार्यालय डुबानमा पर्ने गरेको छ । 

बाढीले एन्फा खेल मैदान पनि डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन् ।