काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाएका छन् ।
बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे । ‘यस्तो तालले एमाले गरिखाँदैन । पार्टी यसरी चल्दैन । यो त बेइमान भयो,’ ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)