काठमाडाैँ । एमाले सांसद तिलबहादुर महतले नवलपरासीको धौवादी फलाम खानीको काम अघि बढाउन माग गरेका छन्।राष्टिय गौरवको आयोजनाको रूपमा रहेको धौवादी फलाम खानीलाई अहिलेको गठबन्धन सरकारले बेवास्ता गरेको गुनसो गर्दै सांसद महतले प्राथामिकताका साथ काम अघि बढाउन माग गरेका हुन्।
बुधबार संसदको विशेष समयमा सांसद महतले नेपालको गौरवको आयोजनालाई अघि बढाउन सरकारले ध्यान दिनुपर्ने माग गरे। करिब ७० वर्षसम्म नेपालको आवश्यककता पूरा गर्नेछ।
सरकारले उक्त आयोजना सञ्चालनका लागि धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ। खानीबाट १५ करोड टन फलाम उत्पादन सकिने र त्यसले फलाम आयातको अवस्था अन्त्य गर्ने सांसद महतले दाबी गरे। उक्त खानी सञ्चालनमा आएमा नेपालको अर्थतन्त्रमा ४ प्रतिशत योगदान पुग्ने सरकारी रेकर्ड छ।
‘वार्षिक १५० अर्बको फलाम आयात गरिरहेका छौँ। मुलुकलाई ४ प्रतिशतसम्म योगदान दिन सकिन्छ। यो राष्टिय गौरवको आयोजना ठप्प छ। पहुँच मार्गको सडकमा ठेक्का लागेको छैन। स्थानीय बासिन्दाको सुरक्षाको लागि केही भएको छैन, सांसद महतले संसदमा भने, ‘स्थानीय बासिन्दा कहिले बन्छ भनिरहको छन्। यो गठबन्धन सरकारलाई अघिल्लो सरकारले गरेको निर्णय अघि बढाउन चाहँदैन? फलाम आयातलाई निरन्तरता त दिन खोजिरहेको छैन? भृकुटी कागज कारखाना बन्द गरियो, कौडीको मोल बिक्रि गरियो। त्यो आयोजनालाई तत्काल अघि बढाउनु पर्यो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १२ : ४०
लेखकबाट थप