काठमाडाैँ । सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबारभित्र सार्न माग गरेकी हुन् ।
‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबारभित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् ।
सैनिक विशेष अदालतको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिबीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् । सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यस्तताका कारण इजलास बस्न नसकेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १२ : ३५
लेखकबाट थप