सांसद संग्रौलाको प्रश्न - जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो ?

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ५१
सांसद संग्रौलाको प्रश्न - जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो ?

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सडक दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारलाई निर्देशन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सडक दुर्घटनामा घाइते र अ​पङग हुनेको संख्या बढिरहेको उल्लेख गरिन् । 

उनले वर्षायाममा दुर्घटना बढेर दशै तिहारको बेला उच्च बिन्दुमा पुग्ने बताइन् । जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो भन्दै प्रश्न गरिन् । दुर्घटना रोक्नका लागि प्रदेशमा कुन निकायले हेर्ने हो ? त्यसको प्राविधिक क्षमता कस्तो छ, प्रदेशमा दुर्घटना रोक्न कुन कुन निकाय जिम्मेवार छन् भन्दै प्रश्न गरिन् । 

उनले ती कार्यालयमा प्राविधिक जनशक्ति, दुर्घटना रोकथामका लागि आवश्यक क्षमता के कस्तो छ ? यी प्रश्नहरुको उत्तर आउने गरी र दशै तिहारसम्म दुर्घटना कम हुनेगरी काम गर्नका लागि सरकारलाई निर्देशन दिन सभामुखलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस