काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।
सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।
तर, भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । ‘जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट थियो,’ प्रचण्डको सचिवालय भन्यो, ‘यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको छ ।’
प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड