उपसभामुख भुसालको शपथ ४ बजे

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १४ : ३०
उपसभामुख भुसालको शपथ ४ बजे

काठमाडौं । उपसभामुखमा निर्वाचित पुष्पा भुसालको शपथ आइतबार हुने भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार अपराह्न ४ बजे उपसभामुख भुसालको शपथ हुन लागेको हो। शुक्रबार प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी थिइन्। १४८ मत प्राप्त गर्दै उप सभामुखमा उनी निर्वाचित भएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस