काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश र आन्दोलनको आजको आवश्यकता बाम एकता र तालमेल नै भएको जिकिर गरेका छन्।उनले आज(आइतबार) सामाजिक सञ्जालमार्फत यस्ताे जिकिर गरेका हुन्।नेता श्रेष्ठले देशको लागि आजको आवश्यकता बाम एकता र तालमेल भएको बताउँदै यसको लागि सबै बामपन्थी दल इमान्दार भएर लाग्नुपर्नेमा जाेड दिए।
फेसबुकमा उनले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकता नै हो’, उनले भने, ‘त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्म-आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १२ : ५५
लेखकबाट थप