काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको आरोप लगाएका छन्।
पोखरामा आइतबार पत्रकारहरूसँग उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुन्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालो धनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधविरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।
उनले विराटनगरका मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा राखिएको जानकारी नभएको बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १२ : ००
लेखकबाट थप