काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन्।
राजीनामा माग्दै राष्ट्र बैंकको कार्यालय अगाडी पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले गरेको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरी सुरक्षा बढाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ११ : २१
लेखकबाट थप