काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाले थालेको कुहिने र नकुहिने फोहोर छुट्टाउने अभियानलाई सघाउन सबैसँग आग्रह गरेका छन् ।
उनले घरबाटै फोहरको स्रोतलाई वर्गीकरण गरी छुट्टाउन गरेको आग्रहले फोहोर व्यस्थापनमा अहम् भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले अभियानलाई सफल पारी काठमाडौँलाई फोहरमुक्त काठमाडौँ बनाउन आग्रह गरेका हुन् ।
काठमाडौँ महानगरमा आजदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने बताएको छ । अबदेखि आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ