काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन् ।पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताएका हुन् ।
‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं रु आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’ उनले भने, ‘हिजो ओली सरकारको तीव्र आलोचना गर्यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’
पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाले बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।उनले आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताए । ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उनले भने ।
केन्द्रीय सदस्यहरुले महामन्त्री भएर गुटको भेलामा सहभागी भएको भन्दै उठाएको प्रश्नको पनि जवाफ दिए । उनले पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने पनि बताए ।
‘विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ । ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए, के गल्ती भयो ?’ महामन्त्री थापाले प्रश्न गरे ।
विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ सहनुपरेको भन्दै थापाले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताए । ‘ओलीले दम्भ देखाए, उनको पार्टी फुट्यो । ओलीको दम्भको विरोध गर्ने हामीले पार्टीको दम्भ सहनुपर्ने ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ