भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल

एजेन्सी

शनिबार, ३२ असार २०७९, १४ : ३०
भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल

काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन्।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ।’

प्रचण्ड शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन्।आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ।

उनी भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भ्रमणमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस