समन्वयकारी भूमिका निर्वाह गर्छु : उपसभामुख भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १९ : ०६
समन्वयकारी भूमिका निर्वाह गर्छु : उपसभामुख भुसाल

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आजको दिन संविधान र लोकतन्त्र पक्षधरका लागि खुसीको दिन भएको बताएकी छिन्।

संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै बताउँदै उनले संवैधानिक पदले पूर्णता पाएको बताइन् । 

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ, त्यसलाई निर्वाह गर्नेछु, समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ भुसालले भनिन् । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस