उपसभामुखको निर्वाचन

संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १५ : ५१
संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडाैं । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । 

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेकाे छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस