एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १५ : ३२
एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज

काठमाडौँ  । धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ।६८ दिनदेनि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो।

पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए।गत वैशाख १९ गते सिंहलाई सरकारले आइजिपी बनाएको थियो। सिंह भन्दा पोखरेल डेढ वर्ष वरिष्ठ आइजिपी हुन्। सकारले वरियता मिचेर सिंहलाई अवसर दिएको थियो।

प्रतिक्रिया दिनुहोस